Websoft University

महानगरपालिकाले आजदेखि स्वाब सङ्कलन सुरु गर्ने


काठमाण्डौ र्मसिर ७ गते । रातो तारा डट कम,काठमाडौं महानगरपालिकाले आजदेखि स्वाब सङ्कलन शुरु गर्ने भएको छ । निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाको स्वाब संकलन गर्न लागिएको महानगरपालिकाले जनाएको हो । महानगरपालिकाले कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाको स्वाब सङ्कलन सुरु गर्न लागेको महानगरपालिकाका उपप्रमुख हरिप्रभा गड्गीले सीआइएनसँग बताउनुभयो । सरकारले आफ्नै खर्चमा पीसीआर परिक्षण गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब सङ्कलन नै रोकेको थियो । अहिले सरकारले आफ्नो निर्णय सच्याएको र लक्षण भएकाको सरकारी ल्याबमा निःशुल्क परिक्षण गर्ने निर्णय गरेपछि महानगरले पनि स्वाव संकलनको काम अघि बढाउने निर्णय गरेको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.