Websoft University

बम बिष्फोट बाट गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखाअधिकृत र उपाध्यक्ष्यको कार्यकक्षमा पुर्णरुपमा क्षती पुगेको छ


गाईघाट ७ मंसिर । रातो तारा डट कम,उदयपुरको ताप्ली गाउपालिकाको नागरीक सहायक कक्षमा आईतबार बिहान बम बिष्फोटन भएको छ । बिहान १ वजेर ३० मिनेट मा ठुलो आवाज साथ भएको बम बिष्फोट बाट गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखाअधिकृत र उपाध्यक्ष्यको कार्यकक्षमा पुर्णरुपमा क्षती पुगेको छ । गाउपालिकाका अधक्ष्य उद्धब सिंह थापा ले तिनै वटा कोठा भित्र रहेको कम्प्युटर ,पिन्टर दराज, सोफा लगायतका सामागी्रहरु बम बिष्फोट बाट पुर्णरुपमा नष्ट भएको बताए । कार्यालय प्रबेश गर्ने मुलगेटमा बिष्फोट नभएको अर्को बम फेला परेको प्रहरीले जनाएको छ । उक्त बम लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बम डिस्पोजल    गर्न गाईघाट स्थीत सेनाको १८ नम्बर वाहीनी लाई खबर गरेपछि सेनाको टोली ताप्ली गाउ तर्फ हिडीसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले बताए । बम बिष्फोट को जिम्मा अहिले सम्म कसैले नलिए पनि नेकपा (बिप्लव) समुह ले गरेको हुन सक्ने अनुमान गरीएकोछ । बिप्लब कार्यकर्ताहरुले गाउपालीकाका सबै पदाधिकारीहरु र कर्मचारी संग ठुलो परिमानमा चंदा माग गरेको भएपनी उनीहरुले अहिले सम्म चन्दा नदीएको  गाउपालीकाका एक कर्मचारी ले नाम उल्लेख नगर्ने सर्तमा बताए । (चंन्दा नदीएकै कारण बम विष्फोट गराएको हुन सक्छ”। ति कर्मचारी ले भने। रुपटार स्थीत महेन्द्र माध्मीक बिध्यालय को भबन भाडामा लिएको गाउपालीकाले कार्यालय संचालन गर्दै आएको छ । गाईघाट देखी झन्डै २० कोष टाढा पश्चिम उत्तरमा रहेको ताप्ली गाउपालीका जिल्ला को ८ स्थानिय तहमध्ये सबै भन्दा बिकट मानीन्छ । प्रहरी प्रमुख एसपि दाहालले घटना को अनुसन्धान को लागी इलाका प्रहरी कार्यालय कटारी बाट डिएसपि नेतृत्व को टोली घटना स्थल पठाइएको बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.