Websoft University

ठगी मुद्दामा कैद जरिवाना पाएका एक फरार प्रतिवादी पक्राऊ


श्याम राई-उदयपुर  गाईघाट, ६ मंशिर । रातो तारा डट कम,ठगी मुद्दामा कैद जरिवाना पाएका एक फरार प्रतिवादी पक्राऊ परेकाछन् ।

बैदेशिक रोजगारीमा पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरले १ लाख ५० हजार जरिवाना र ६ महिना ३ दिन कैद सजाय गरेका चौढण्डीगढी नगरपालिका–३ थुलुङ्गडाँडाका ४३ वर्षिय सुजन राईलाई शनीबार विहान लुकेर बसेको अवस्थामा घरदेखि नै पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी.सूचना अधिकारी वेद प्रसाद गौतमले बताए ।

अदालतले उनी विरुद्ध शुक्रबार कैद जरिवाना गर्ने फैसला गरेको हो । उनी विरुद्ध तिन महिना अघि प्रहरीमा उजुरी परेको थियो । उजुरी परे लगतै पक्राउ पर्नबाट बच्न भागेका थिए । फैसला कार्यान्वयनको लागि उनलाई आईतबार अदालत पठाईने प्रहरीले जनाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.