Websoft University

मोटरसाईकल दुर्घटनाबाट दुई जनाको मृत्यु

 


फायल फोटो--झापा,मंसीर-३गते । रातो तारा डट कम,झापाको बिर्तामोड -६ गिरी मन्दिर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुदा  दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय  कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कडेल रहेका छन । आज विहान साढे ११ बजे मे २ प ४८४७ नम्बरको मोटरसाईकल र अर्को ONE TEST मोटरसाईकल एक आपसमा ठक्कर खाई अनियन्त्रित हुँदा दुबै मोटरसाईकललाई ना ६ ख ३३५० नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट दुर्घटनामा परेको मे २ प ४८४७ नम्बरको मोटरसाईकल चालक कुशल लिम्बु र पछाडी सवार दिप्सन कडेलको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी ONE TEST मोटरसाईकलका चालक गगन तामाङ र पछाडी सवार रहेकी साबित्रा कडेल घाईते भएकोमा उनिहरुको BNC अस्पताल बिर्तामोडमा उपचार भईरहेको साथै ठक्कर दिने  ट्रक र चालक राजु श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेका उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.