Websoft University

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

 


विराटनगर, ३ मंसिर । रातो तारा डट कम, प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो ।  

अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरि सिकाईलाई निरन्तता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको हो । 

पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताउनुभयो । धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, ते¥हथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरंगको केराबारी गाउँपालिकामा सम्झौता भईसकेको निर्देशक बुढाथोकीले बताउनुभयो । मोरंगको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

नेपाल टेलिकमको पाठशाला ( क्लोज युजर ग्रुप) सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाई छ । विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने 

सियुजी सिममा १२९ रुपैयाँले १ महिना पुग्ने उहाँले बताए । बुढाथोकीका अनुसार विद्यार्थीका लागि सितैमा सिम दिईने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा व्यालेन्सको व्यवस्था  गरिने छ । 

नेपाल सरकारको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताईएको  छ । स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले बताए । उनका अनुसार विद्यार्थी छनौट गर्दा गरिव भित्रको पनि गरिव छनौटलाई गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकीएको र अभिभावकको मोवाईलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ । अभिभावकको मोवाईल हुने हुँदा विद्यार्थीको पठन पाठनबारे अभिभभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताउनुभयो । 

अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरि कार्यक्रम तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोरोनाको संक्रमण कहिले सम्म भन्ने यकिन नभएकाले पठन पाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाई शुरु गर्ने तयारी गरेको उहाँले बताउनुभयो । 

‘हेल्लो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले १ लाख ५० हजार र स्थानीय तहले १ लाख रुपैयाँ व्यहोर्ने छन् । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.