Websoft University

यो वर्षको तिहार आजदेखि सुरु भयो


काठमाण्डौ कार्तिक २७ गते । रातो तारा डट कम,नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । आज बेलुकी यमदीपदान सुरु हुनेछ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते भोलि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सीआईएनसँग बताउनुभयो । 

गौतमका अनुसार तिथिको घटबढका कारण यो वर्ष यस्तो भएको हो । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको उहाँको भनाइ छ । धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि भोलि नै परेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने र धनतेरसको दिन भाँडाकुँडा किने लक्ष्मीकोबास रहने धार्मिकविश्वासछ । 

यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने गौतमले जानकारी दिनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २९ गते पर्सि शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । 

अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइनेछ । 

बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । नेवार समुदायका केही संस्थाले भने मंसिर २ गते भाइटीका मनाउने निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ । 


 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.