Websoft University

स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने


काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम,त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा मङसिर असन्तिम साता हुने भएको छ । स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । 

वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको तयारीछ । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो । 

चैतअघि नै नतिजा निकाल्ने र पास हुने विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुन पाउने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले कोरोना सङ्क्रमित विद्यार्थीको परीक्षा अरु विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गर्ने र अरु विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सक्नेगरी तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा एक लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.