Websoft University

नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

 


झापा, मंसिर ८ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार अपरान्ह ४ बजे लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा लागुऔषध बिक्री बितरण गर्ने सिताराम आङदेम्बे , निजको श्रीमती मनिषा मगर तथा लागुऔषध खरिद गर्ने धरान-५ का २४ बर्षीय कल्याण राई र धरान १६ का २४ बर्षीय रिजन लाकन्द्री रहेका छन् । निजहरुको साथबाट प्रहरीले २८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोवायल ३ थान समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.