Websoft University

सबै परीक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय भयो

 


काठमाण्डौ असोज २२ गते । रातो तारा डट कम,सरकारले नोबेल कोरोना भाइरसको महामारीका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी सबै तहका परिक्षा सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हिजो जानकारी दिइएको  हो । 

बैठकले व्यावसायिक तालिम प्रदायक संस्थालाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सरकारले काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड (१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री ज्ञवालीले अरु जिल्लामा सङ्क्रमण नियन्त्रणउन्मुख भए पनि उपत्यकामा बढिरहेको बताउँदै यस्तो आग्रह गर्नुभयो । दसैँं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चाड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिक रहेको भन्दै उहाँले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । अरु बेला जस्तो काठमाडौं–गाउँ–काठमाडौं ओहारदोहोरा गर्दा सङ्क्रमण पनि ओहोर दोहोर गर्न भन्दै उहाँले सतर्क रहन आग्रह गर्नुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.