Websoft University

सिद्धिचरण लोकमार्गमा रातीको समयमा सवारी चलाउन रोक लाग्यो


गाईघाट ३ कार्तिक । रातो तारा डट कम, सवारी दुर्घटना बढेपछी प्रहरीले सिद्धिचरण लोकमार्गमा रातीको समयमा सवारी चलाउन रोक लगाएको छ । कन्टेनर र स्कारपियो दुर्घटना मा सात जना को मृत्यु भए संगै प्रहरीले सोमबार देखी लागु हुने गरी उक्त निर्णय गरेको हो । अब ५ बजे साझ देखी बिहान ४ वजे सम्म उक्त सडक खण्डमा कुनै पनि सवारी साधन संचालन गर्न पाईने छैन । उक्त सडक खण्ड जीर्ण हुनुको साथै साघुरो र अनेकौ घुम्ती मोडको कारण सवारी दुर्घटना हुने गरेको छ । खास गरी रातीको समयमा बढी दुर्घटना हुने गरेको ले साझ ५ बजे देखी बिहान ४ वजे सम्म लोकमार्ग मा आवगमन पुरै बन्द गरीएको कटारी नगरपालीकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ ले बताए । धेरै भ्न्दा धेरै दुर्घटना हुन थाले पछि स्थानीय बासीन्दा ,ब्यापारी र नगरपालीका को आग्रहमा लोकमार्गमा सवारी आवगमन निषेध गरीएको कटारी टा«फिक इन्चार्ज दिपक कोइराला ले बताए । गत असोज २१ गते कन्टेनर दुर्घना हुदा २ जना र कार्तिक २ गते स्कारपियो दुर्घटना हुदा ५ जना को मृत्यु भएको थियो । झण्डै दुई दशक अघि नेपाली सेना ले निर्माण गरेको उक्त लोकमार्ग पुरै जीर्ण  अबस्थामा भएपनि अहिले सम्म सडक डिभिजन कार्यालय ले स्तर उन्नती गरेको छैन । बाटो को जीर्ण अबस्थाको कारण बर्षेनी जनधनको ठुलो क्षेती हुने गरी सवारी दुर्घटना हुदै आएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.