Websoft University

गाइघाटमा पनि निषेध आज्ञा जारी - चोैतर्फि आलोचना


गाईघाट ३ कार्तिक । रातो तारा डट कम,उदयपुरमा राती ८ वजे देखी बिहान ५ वजे सम्म हिडडुल र सवारी आवगमनमा निषेध गरीएको निर्णयको चौतर्फि आलोचना भएको छ । जिल्ला कोभिड नियन्त्रण ब्यवस्थापन समिती को आईतबार बसेको बैठकले दशैमा बढ्दो चहलपहल ले कोरोना संक्रमणको उच्च खतरा कम गर्न सोमबार देखी निषेधाज्ञा लागु गर्ने निर्णय गरेको थियो । उक्त  निर्णय को अहिले चौतर्फि बिरोध भैरहेको छ । “के राती चाही कोरोना संक्रमण बढ्ने हो ? दिनमा बढी भिडभाड हुन्छ अधिकांसले माक्स नलगाई हिड्ने गरेको छ । खैत प्रहरी प्रशासनले कडाइ गरेको ” स्थानीय समाजसेवी जगत बन्जराले  भने। अब राती चाही किन हिड्डुलमा निषेध ?”कोभिड ब्यवस्यापन समिती ले हचुवाको भरमा  निर्णय गरेको उनले बताए ।बिहान ४ बजे देखी नियमीत सवारी साधन संचालन हुदै आएको छ । यो निर्णयले अव तोकीएको समयमा गाडी चलाउन समस्या परेको हिमाली यातयात ब्याबसायि संघका अधक्ष्य भक्ती मैनाली ले बताए । “गाडी चढ्न बजार आसपासको क्षेत्र बाट बिहान ३ वजे नै बस पार्क क्षेत्रमा यात्रुहरु आउने गरेको छन” । उनले भने । अ्ब ५ बजे भन्दा अगाडी हिडडुल गर्न नपाईने भएपछी उनीहरु लाई झनै समस्या परेकोछ ।कोभिड ब्यबस्थापन समितीका अधक्ष प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रदेश न १ आन्तरीक मामीला तथा कानुन मन्त्रालय ले आइतबार पठाएको पत्रको आधारमा उक्त निर्णय गरीएको बताए । उनले पुरै प्रदेशमा निषेधाज्ञा जारी भएको बताए । संक्रमीतको संख्या दिनप्रती दिन बड्न थाले पछि प्रदेश सरकारको निर्देशनमा निषेधाज्ञा जारी गरीएको बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.