Websoft University

घरमै बसेर दशै मनाउन आग्रह

 


बेलबारी कार्तिक ३ गते । रातो तारा डट कम, ब्याक्तिगतरुपमा कोरोनाको परिक्षण गर्ने नगरवासिहरुलाई रिपोट आएपछि नगरपालिकालाई जनकारी गराउन कोरोना भाइरस (काभिड १९) रोकथाम नियन्त्रण नगर समन्बय समितिले आग्रह गरेको छ ।

सोमवार बेलबारी नगरपालिकाका नगर प्रमुख तथा कोरोना भाइरस रोकथाम नियन्त्रण समन्बय समितिको संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका सबै मठ, मन्दिर, शक्तिपीठहरु, पण्डाल, मस्जिद, गुम्बा, चर्चहरुमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा भेला जम्मा भई पूजा, प्रार्थना, भजन, किर्तन, रथयात्रा, कलश यात्रा, बली पूजा, मूर्ति विसर्जन जस्ता धार्मीक कार्यकरु बन्द गर्ने निर्णय गरेको छ । चाडवर्पको अवसरमा सामूहिक रुपमा भेला जम्मा भई गरिने शुमकामना आदान प्रदान, चियापान जस्ता कार्यक्रम नगर्नन सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सामूहिक रुपमा कार्यक्रम आयोजना गरी गरिने शिल्यान्यास, उदघाटन, प्रशिक्षण, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु बन्द गर्ने समेत निर्णय गरेको छ ।नगरभरी साँझ ८ः ०० बजेदेखि विहान ५ः०० बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका बाहेकका सवारीका सधनाम आवत जावत बन्द गर्ने त्यस्तै नेपालीहरुको माहान् चाड दशैँ, तिहार, छैट, नेपाल सम्बत आफ्नो घरभित्र बसी मनान समेत आग्रह गर्दै समितिले  दशैँ, तिहार, छैट, नेपाल सम्बत लगायतका चाडपर्वको नगरवासिहरुलाई शुभकामना समेत ब्याप्त गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.