Websoft University

युएनडीपीद्धारा स्वास्थ्य सामाग्री र उपकरण हस्तान्तरण


विराटनगर, ३ कात्तिक । रातो तारा डट कम, युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो । 

युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका लगायतका समाग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य समाग्री सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनवहादुुर चन्दले हस्तान्तरण गर्नुभएको हो ।  

स्वास्थ्य समाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको वताउनुुभयो ।  कोभिड अस्पतालमा थप वेड विस्तार सहित  १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको उहाले बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले महानगरपालिकाले निजि स्तरको सहयोगमा  अक्सिजन सहित  एकसय वेडको अस्पताल संचालनको तयारी गरिरहेको बताउनुभयो । 

युएनडीपीबाट प्राप्त सामाग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोशी अस्पताल विराटनगरका मेडिकल सुुपरिटेन्डेन्ट डा. चुुमनलाल दासले वताउनुुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.