Websoft University

नेपालमा हाल सम्म कुल सङ्क्रमितको संख्या ९८ हजार ६१७ पुगे

 


काठमाण्डौ असोज २२ गते । रातो तारा डट कम,पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घन्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएकोमा ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हालसम्म कुल सङ्क्रमितको संख्या ९८ हजार ६१७ पुगेको जानकारी दिनुभयो । देशभरी सक्रिय सङ्क्रमितको संख्या हालसम्म २६ हजार ६८४ जना रहेको डाक्टर गौतमले बताउनुभयो । 

हिजोमात्रै ३ हजार ४३९ सङ्क्रमित थपिएका थिए । २४ घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार जना महिला र आठ जना पुरुष छन् ।

 सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ वर्षीय पुरुष तथा ७९ वर्षीया महिला, ललितपुरका ७३ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीया महिला, चितवनका ८१, ९१ र ८१ वर्षीय तीन पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतका ८२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.