Websoft University

प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

विराटनगर, २२ असोज । रातो तारा डट कम,  प्रदेश १ मा आज ४११ ज्ना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुष छन् । मोरङको रंगेलीमा ४ महिला ८ पुरुष, बेलबारीमा ३ महिला ६ पुरुष, उर्लाबारीमा ३ महिला ५ पुरुष, बुढीगंगामा २ महिला ५ पुरुष,लेटाङमा ५ महिला २ पुरुष, सुन्दरहरैचामा ३ महिला २ पुरुष, कटहरीमा २ महिला ३ पुरुष, धनपालथानमा ४ महिला २ पुरुष, केराबारीमा ३ पुरुष, पथरीशनिश्चरेमा १ महिला २ पुरुष, कानेपोखरीमा १ महिला १ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदामा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

उता सुनसरीको इटहरीमा २८ महिला ४० पुरुष, धरानमा २४ महिला २८ पुरुष, दुहवीमा २ महिला १० पुरुष, रामधुनीमा ६ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, गढीमा २ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला २ पुरुष,भोक्राहानरसिंहमा २ पुरुष, बर्जु र देवानगञ्जमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

झापाको मेचीनगरमा ४ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ७ पुरुष, दमकमा ५ महिला १ पुरुष, विर्तामोडमा १ महिला ३ पुरुष, हल्बिारी, अर्जुनधारा र बा¥हदशीमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, उदयपुरको बेलकामा ४ महिला ७ पुरुष, त्रियुगामा ३ महिला, चौदण्डीगढीमा १ महिला १ पुरुष, उदयपुर गढीमा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, भोजपुरमा २ पुरुष, इलामको माईमा १ पुरुष, सन्दकपुरमा १ महिला, ताप्लेजुङको पुङलिङमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ पुरुष, ते¥हथुमा १ पुरुष, संखुवासभाको चैनपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितका संख्या ८ हजार ८५७ पुगेको छ ।

प्रदेश १ मा आज ४५८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४२१, जिल्ला अस्पताल संखुवासभामा २१, विरा मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ६६२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ६६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५८ महिला र २५३ पुरुष छन् । हालसम्म १ लाख ३२ हजार ३३१ ज्नाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.