काठमाण्डौ असोज २१ गते । रातो तारा डट कम,सरकारले सीमा क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सीमा पारी गएर किनमेल नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण बढ्दै गएको हुँदा किनमेलका लागि सीमा पारी नजान हिजो आग्रह गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले पुरानै लुगा लगाएर दशैँ मनाउन आग्रह गरेको छ । साथै किनमेल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सूची बनाएर एकैपटक सामान किन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
Post a Comment