Websoft University

तीन वर्ष म्याद थपिनुको कारण समितिले सरकारसंग माग गर्यो


काठमाण्डौ असोज २१ गते । रातो तारा डट कम,संसदीय समितिले काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको म्याद एकैपटक तीन वर्ष थपिनुको कारण सरकार सँग माग गरेको छ । 

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको हिजोको बैठकले काठमाडौं–तराई–मधेस द्रुतमार्गको समय एकैपटक तीन वर्ष थपिनुको कारण र आधार समितिमा पेस गर्नसरकारलाई निर्देशन दिएको हो । 

समितिले कुनैपनि राष्ट्रिय गौरवका आयोजनाको सुरुवात गर्नुअघि नै मुलुकको आर्थिक क्षमता श्रोत साधन लगायतका विषयको अध्ययन गरी आयोजना निर्माणको सुरुवात गर्न समेत सरकारलाई निर्देशन दिएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । 

नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको अवस्थाको बारेमा विस्तृत विवरण सात दिनभित्र समितिमा पेस गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.