Websoft University

ट्रक दुर्घटनामा २ जनाको मृत्यु, एक घाईते


काठमाण्डौ असोज २१ गते । रातो तारा डट कम,धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ बेतिनीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएकोछ । अन्य एक जना घाईते भएका छन् । 

मृत्यु हुनेमा ट्रक चालक गंगाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीका २७ वर्षिय वेगबहादुर तामाङ र ६६ वर्षिय सेरबहादुर तामाङ छन् । यस्तै गम्भरि घाईते राम बहादुर तामाङको जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पश्चात हेलिकप्टरबाट काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । 

मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको ट्रक सडकबाट करिव ४ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.