Websoft University

लायन्स क्लबले विराटनगर १२ मा निर्माण गरेको ३० सैय्याको आइसोलेस आज मुख्यमन्त्री शेरधन राईले औपचारिक रुपमा उद्घाटन गर्नु भयो


बिराटनगर असोज २३ गते । रातो तारा डट कम, विराटनगरमा संस्थागत रुपमा निर्माण भएको कोभिड १९ आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । लायन्स क्लबले विराटनगर १२ मा निर्माण गरेको ३० सैय्याको आइसोलेस शुक्रबार मुख्यमन्त्री शेरधन राईले रिबन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ ।


होटलमा पैसा तिरेर आइसोलेसन बस्न नसक्ने, घर वा डेरामा बस्दा समस्या हुने तथा निजी अस्पतालमा खर्च गरेर आइसोलेसन सेवा लिन नसक्ने मानिसहरुलाई सहयोग गर्ने उद्देश्यले लायन्सले प्रदेश सरकारसँग समन्वय गरेर उक्त आइसोलेसन सेन्टर निर्माण गरेको हो ।


आइसोलेसन उद्घाटन गर्दै मुख्यमन्त्री राईले दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको र अब अस्पतालहरुले पनि धान्न नसक्ने अवस्था आइसकेकोले सरकारले संस्थागत आइसोलेसन निर्माण गर्ने सोच अघि बढाएको बताउनुभयो । उहाँले संस्थागत आइसोलेसनप्रति भने संस्थाहरुको चासो न्यून देखिएको गुनासो गर्नुभयो ।


कोरोना भाइरस संक्रमण बढ्दै जाँदा अस्पतालहरुको क्षमता बढाउनु पर्ने, आइसोसेलन र आइसियुहरु थप्नु पर्ने अवस्थामा सरकारले एक हजार सैय्याको संस्थागत आइसोलेसन निर्माण गर्न चाहेको बताउनुभयो । संस्थागत आइसोलेसन निर्माण गर्ने तर्फ सरकारले प्रस्ताव आव्हान गरेको भएपनि त्यसप्रति समुदायको चासो भने कम पाएको उहाँको भनाई थियो । ‘कोभिड अस्पतालले अहिलेको बढ्दो संक्रमणको अवस्थालाई थेग्न सक्दैन त्यसैले हामीले एक हजार बेडको संस्थागत आइसोलेन बनाउनु पर्छ भनेर प्रस्ताव आव्हान गर्यों,’ मुख्यमन्त्री राईले भन्नुभयो ‘संस्थागत आइसोलेसनप्रति आकर्षण देखिएको छैन ।’

मुख्यमन्त्री राईले संक्रमितको संख्या दैनिकरुपमा बढिरहेकोले प्रदेश १ का अस्पतालहरुले मात्र थेग्न सक्ने अवस्था नरहेको बताउनुभयो । प्रदेश १ मा दैनिक सरदर ५ सय जना नयाँ संक्रमित पहिचान भइरहेको भन्दै मुख्यमन्त्री राईले एक हप्तापछि दैनिक एक हजार भन्दा बढी नयाँ संक्रमित भेटिने अवस्था रहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले होम आइसोलेसनहरुको अनुगमन पनि सरकारले राम्ररी गर्न नसकिरहेको बताउनुभएको छ । ‘हामीले होम आइसोलेसनहरुको व्यवस्थापन र अनुगमन पनि राम्ररी गर्न सकेका छैनौं,’ मुख्यमन्त्री राइले भन्नुभयो ‘यो विपत्तिमा सरकारले काम गरिरहेकै छ, विश्वव्यापी रुपमा धनी गरीब, ठुला साना कसैलाई भेदभाव नगरेको भाइरससँग सबै मिलेर लड्नु पर्छ ।’ प्रदेश १ का ४ हजार १०० सक्रिय संक्रमित मध्ये ३ हजार ६०० होम आइसोलेसनमा बसेका छन् ।

संस्थागत रुपमा निर्माण भएको आइसोलेसनलाई सरकारले केवल आइसोलेसनको रुपमा मान नभई अक्सिजन प्लान्ट र आइसियुसहितको सेवा विस्तार गर्न चाहेको बताउनुभयो । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले भन्नुभयो ‘यसलाई चाहिने उपकरण, जनशक्ति र अन्य कुराहरुको व्यवस्थापन सामाजिक विकास मन्त्री मार्फत अगाडि बढ्छ ।’

भौतिक दुरी कायम गरेर लामो समयदेखि कोभिड १९ का विरुद्ध मानिसले संघर्ष गरिरहेको र मानिसले मात्रै यस्ता विपत्तिको सामना गरेर जीत हाशिल गर्नसक्ने उहाँको भनाई थियो । उहाँले आइसोलेसन निर्माण गर्ने कार्यमा सहयोग गर्ने र पहल गर्ने जेसिसका सबै सदस्यहरुको प्रशंशा गर्दै धन्यवाद दिनुभयो ।

उद्घाटन समारोहमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक महिना अघि नै उद्घाटनको तयारी गरेको आइसोलेसन सेन्टर आफु स्वयं संक्रमित हुनपुग्दा केही ढिलो आरम्भ हुन गएको बताउनुभयो । उहाँले सरकारले आइसोलेसनका लागि आवश्यक सबै सहयोग उपलव्ध गराउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने लाायन्सका नेताहरु फुलकुमार लालवानी, भविस कुमार श्रेष्ठ लगायतले बोल्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.