Websoft University

असोज २५ बाट कार्यालय खुल्ने


 पथरी शनिश्चरे, २२ असोज । रातो तारा डट कम,कोरोना संक्रमणका कारण बन्द रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका, वडा कार्यालय र स्वास्थ्य सस्थाको सेवा असोज २५ गते आइतबारबाट सुचारु हुने भएको छ ।

कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको नगर प्रबक्ता यामप्रसाद गुरागाइले जनाउनु भयो । समन्वय समिति संयोजक एवम नगर प्रमुख दिलीपकुमार राइको अध्यक्षतामा बैठक बसेको थियोे ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारी तथा समुदायका समेत गरि ९ जनामा कोरोना देखिएपछि असोज १८ बाट नगरपालिका, वडा कार्यालय, नगर अस्पताल र त्यस मातहतका स्वास्थ्य सस्थाको अतिआवस्यक बाहेकका सेवा बन्द गरिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाहरुको जाँचमा थप जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारीमा कोरोना नदेखिएकाले अब सेवा सुचारु गरिने भएको हो । १ सय ७० जनाको पछिल्लो रिपोर्टमा समुदायका ३ जनामा भने कोरोना देखिएको छ । अन्य ५ जनाको भने पुनः जाँच गरि रिपोर्ट आउन बाकी रहेको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.