Websoft University

बेलबारीमा नागरिकता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

 


बेलबारी  असोज २३ गते । रातो  तारा डट कम,  बेलबारी नगरपालिकामा नागरिकता सम्बन्धि व्यवस्था र समस्याबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला,सहायक जिल्ला अधिकारी ध्रुव खड्का,इलाका प्रशासन कार्यलय उर्लाबारीका प्रमुख,जिल्ला अनुसन्धान विभाग प्रमुख,सशस्त्र प्रहरी बलका एस पी,नगरपालिकाका जनप्रतिनिधिहरु कर्मचारीहरु वडाध्यक्ष,वडासचिवहरु सुरक्षा क्षेत्रका प्रमुख र प्रतिनिधिहरु बीच छलफल र अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा नागरिकता सम्बन्धि व्यवस्था,समस्या र चुनौतीबारे प्रमुख जिल्ला अधिकारी निरौलाको प्रस्तुती रहेको थियो भने उपभोक्ता हित संरक्षण ऎनसम्बन्धि प्रस्तुतीकरण  सहायक जिल्ला अधिकारी ध्रुव खड्काद्वारा प्रस्तुत गरिएको थियो।प्रस्तुतीकरणपछि जनप्रतिनिधि र वडासचिवहरुले काम गर्दा आइपरेका समस्याहरुबारे जिज्ञासा राखेका थिए। विनाझमेला प्रष्ट आधार भएका नागरिकहरुले सहज ढङ्गले नागरिकता पाउनुपर्ने वडाध्यक्षहरुले बताए ।


नागरिकका सम्बन्धि थुप्रै समस्याहरु छन्। कानुनले व्याख्या गरेका नेपाली नागरिकहरुसमेत अनागरिक बन्नु परेको छ।यसको अन्त हुनुपर्छ।शान्तिसुरक्षालाई अझ प्रभावकारी बनाउन जरुरी छ।हाल महामारी र चाडपर्वको निहु गरि व्यापारीबाट सोझासिधा व्यापारीहरु ठगिनुपरेको गुनासो दिनहुँआइरहँदा हाम्रा बजारहरुलाई उपभोक्तामैत्री बनाउँन हामी निरन्तर बजार अनुगमन गरिरहेका छौ।जिल्ला अनुगमन समितिसँगको सहकार्यलाई अगाडि बढाएका छौँ।अझ समन्वयलाई प्रभाकारी बनाउन जरुरी छ।उपभोक्ताहरुको हित संरक्षणका निम्ति कालोबजारी नियन्त्रणका लागि कहिलेकाहीँ होइन निरन्तर बजार अनुगमन गर्नु आवश्यक छ-उपमेयर ढाकाकुमारी पराजुलीले भनिन्।


सबै नागरिकलाई शान्ती सुरक्षाको प्रत्याभूति हुनुपर्छ। हाम्रो लापरबाही र असावधानीले एक जना पनि नागरिकले दु:ख पाउनु हुँदैन।हाम्रो कारण कुनै नागरिकले राज्यबाट प्राप्त गर्ने अधिकार सेवा सुविधाबाट बन्चित हुनु नपरोस् भन्ने कुरामा आफू सचेत भइ काम गर्ने उद्देश्यले नै यस प्रकारको कार्यक्रम राखिएको केही महिना अगाडि मात्र मोरङ जिल्ला प्रशासन कार्यलय सरुवा भइ आएका प्र. जि.अ. निरौलाले बताए।

उपप्रमुख पराजुलीले प्रहिलो पटक जिल्ला प्रशासन कार्यलयले आफ्नो पालिकामा यस प्रकारको उपयोगी कार्यक्रम राखी अन्यौल भएका नितिगत विषयमा प्रष्ट हुने वातावरण उपलब्ध गराएकोमा प्र जि अ र सिङ्गो टीमलाई धन्यवाद दिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.