Websoft University

एवोकाडोको ब्यवसायिक खेती सुरु

काठमाण्डौ असोज २९ गते । रातो तारा डट कम, धनकुटा, एवोकाडोको राजधानीको रुपमा मानिने धनकुटामा एवोकाडोको ब्यवसायिक खेती सुरु भएको छ । करेसाबारीमा सौखका लागि एक ÷ दुई बोट रोपेका किसानहरुले पनि अहिले व्यवसायिक खेती गरेका छन् । 

नेपालीमा घिउ फल भनेर चिनिने एभोकाडो २०२८ सालमा सम्भाव्यता अध्ययनको क्रममा ब्रिटिसहरूले धनकुटामा भित्¥याएको मानिन्छ । धनकुटाको पाख्रीबासमा, कृषि अनुसन्धान केन्द्र खोल्नुभन्दा अघि नै यसको संभाव्यता खोजिएको थियो । संस्थागत रूपमा धनकुटा नगरपालिकाले २०७५ असारमा नगरलाई एभोकाडोको राजधानी घोषणा गरसंगै किसानहरु व्यावसायिक खेतीमा आकर्षित भएका छन् । 

अहिले धनकुटा नगरभित्रका किसानहरु एभोकाडो खेतीमा लागेका छन् । नगरपालिकाले किसानलाइ यसमा आकर्षण गर्न र बगैचा बिस्तारको लागि अनुदानमा बिरुवा पनि वितरण गरिरहेको नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले बताउनुभयो ।  समुद्री सतहको ५ सय देखि १७ सय मिटर उचाइको हावापानीमा यसको व्यावसायिक खेती  गर्न सकिन्छ । 

यसले रोपेको ४ देखि ६ बर्षभित्रै उत्पादन दिन सुरु गर्छ भने एउटा बोटले ५० बर्ष सम्म फल दिन्छ । राम्रोसंग हेरचाह गरेमा एउटा बोटबाट एकै सिजनमा १ हजार किलो सम्म उत्पादन लिन सकिन्छ । त्यसैले यसको व्यवसायिक संभावना राम्रो रहेको कृर्षि अभियान्त जिवन राई बताउँनुहुन्छ ।  

प्रसस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने यो फलको माग धेरै भएकाले किसानहरु यता तर्फ आकर्षित भएका हुन् । यसबारेमा आफुहरुलाइ चाहिने प्राबिधिक ज्ञानको भने अझै कमि रहेको किसानहरु बताउँछन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.