Websoft University

भालुढुगा सामुदायिक वन भित्रको काचो सखुवाको रुख काटन लगाउने मेयरलाई कारवाही भएन, कारवाही चै अर्कैलाइ भयो

धरान । रातो तारा डट कम, आफै जगल पसेर काचो सखुवाको रुख काटेको काण्डमा फसेका धरान उपमहानगर पालिकाका मेयर तिलक राई अन्तत वन कार्यालय र नेकपाका नेताहरुकै सहयोगमा कारवाही हुन बाट बालबाल बचेका छन।


गत वर्ष सम्पन्न  भएको धरान उपमहानगर पालिकाको मेयर पदको उप निर्वाचनमा नेपाली काग्रेसको चुनाव चिन्ह रुखवाट विजयी भएका नगर प्रमुख  राईले गत भाद्र १५ गते  आफनै घर वनाउन धरान २० स्थित भालुढुगा सामुदायिक वन भित्रको काचो सखुवाको रुख काटन लगाएका थिए । वोक्रा सहित २०८ क्युफिट काठ रहेको सो रुख काटेको काण्डमा नेपाली काग्रेस सदस्य तथा भालुढुगा सामुदायिक वनका कोषाध्यक्ष भीम वस्नेतलाई  पक्राउ गरी वनको कारागारमा राखिएको छ । 

विधुतिय आरा प्रयोग गरी  रुख काटने ४ जना मजदुरहरुलाई भने धरौटिमा छाडिएको ईलाका वन कार्यालय धरानले वताउको छ । आफुलाई विष्ण्ुापादुकामा काठै काठको मामावलीमा घर वनाउन काठ चाहियो भनि भदौ ११ गते  काठमाण्डौ रहेकी आमा मनु राईको  नाममा सामुदायिक वन उपभोतmा समिति समक्ष निवेदन दिएका थिए । 

तर सो निवेदन उपर समितिले कार्वाहि गर्न नपाउदै मेयर आफै भोली पल्ट चार जना रुख काटने मान्छे र सामुदायिक वनका कोषाध्यक्ष भिम वस्नेत सहितलाई लिएर वन पसेर छानी छानी एक थान गतिलो रुख ढालेको कुरा सोहि सामुदायिक वनका अध्यक्ष वुद्धि वहादुर राईले ईलाका वन कार्यालयमा मेयरको नामै उल्लेख गरेर किटानी जाहेरी हालेको छ ।   विधुतिय आरा प्रयोग गरी काटिएको सो रुख ११ टुना र वोक्रा सहित २०८ क्यु फिट रहेको वन अधिकृत रामेश्वर प्रसाद साहको टोलीले  मुुचुल्का उठाएको छ ।  


मेयरले गल्ती स्विकारे तर  सोधपुछ सम्म भएन  

मेयर आफै मान्छे लिएर वनमा पसी रुख ढाले पछि गाउमा ठुलो हल्ली खल्ली मचिएको थियो । सोहि दिन साझ वन उपभोतmा समितिका अध्यक्ष वल वहादुर राईको घरमा मेयर राई पुगेर गाउलेहरु समक्ष माफी मागेका थिए । जसको अडियो रेकर्ड सामाजिक सन्जालमा पनि निस्किएको छ । सो रेकर्डमा मेयर राईले आफुलाई घर वनाउन काठ चाहिएकोले धरान १९ का केहि भाईहरुलाई रुख काटन लगाए स्पष्ट वताएका छन । 

आफुले रुख काटन लगाएर गल्ती गरेकोले माफ दिनु होला काठ चाहि दिनु भए लान्छु नत्र लान्न  सम्म भन्न भ्याएका छन । स्थानिय एक समितिका सदस्यले नै रेकर्ड गरेको भिडियो सार्वजनिक हुनु एक दिन अधि नगर प्रमुख राईले नगर पालिकाको लेटर प्याडमा आफु र सामुदायिक वनका कोषाध्यक्ष भीम वस्नेत सो वन भित्र कहील्य नपसेको वरु आफुलाई वदनाम गराउन स्थानिय केहि साथीहरुले षढयन्त्र गरेको उल्टो आरोप लगाएका छन । तर कोषाध्यक्ष वस्नेतले आफुले नै उतm काठ काटन लगाएको वयान दिदै वन कार्यालय समक्ष एक हप्ता पछि आत्मा समर्पण गरे पछि मेयरलाई झन अप्ठयारो स्थिति श्रृजना भएको थियो ।  

वस्नेतले आफु दोषी भएको वताए पछि मेयरले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेखित कुरा झुठा सावित भएको छ । यस वारेमा मेयर सग प्रतिकृया लिन खोज्दा उनले  यो सवेै कुरा आफुलाई थाहा नभएको भनि पन्छीएका थिए । आफुले प्रेस विज्ञप्तीमा उल्लेख गरेको कुरा झुटो सावित भए पछि नैतिकताको आधारमा पनि उनले राजिनाम दिनु पथ्यो तर त्यसो नगरेर उनी आफुलाई वचाई दिनु पर्यो भन्दै मुख्यमन्त्री शेरधन राई , नेकपाका प्रदेश ईन्चार्ज भीम आचार्य लगायत सवै नेकपाका नेताहरुको घर घर गएर गुहार मागि रहेको नेकपाका स्थानिय नेताहरु वताउछन ।   

नियममा के छ सजाय  ?

 राष्टिय वनका रुखहरु काटेमा ऐनको दफा ५० उपदफा ६ ले सजायको व्यवस्था गरेको छ । उपदफा ६ (ङ) अनुसार एक लाख रुपैया देखि ५ लाख सम्मको विगो भए एक वर्ष कैद वा विगो वमोविम जरिमाना वा दुवै तथा (च) पाच लाख रुपैया भन्दा वढि जतिसुकै विगो भए पनि दुई वर्ष सम्म कैद वा विगोको दोव्वर जरिवाना वा दुवै हुने व्यवस्था छ ।  

सामुदायिक वनको काठ दाउरा संकलन तथा विक्री वितरण निर्देशिका २०७१ को परिच्छेद २ को वन पैदावरको माग सकलन र लगत तयारीको दफा ४ को (१)मा स्पष्ट सग उपभोतmा समुहले काट दाउराका लागि वनमा कटान  मछानको कार्य प्रत्येक वर्षको कातिक १ गते देखि जेठ १५ गते सम्म गरिसक्नु पर्ने र उपभोतmा ले १५ क्युविक फिट काठ भन्दा वढि नपाउने प्रावधान छ । त्यो भन्दा वढि लिन परे समुहले ठेक्का आव्हान गरे पछि वढावढ गरेर लिलामीका आधारमा मात्र लिन पाउने प्रावधान छ । मेयरले उतm नियमको समेत धज्जी उडाएको वन समुहका पदाधिकारी वताउछन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.