Websoft University

सरकारले एन्टिबडी परीक्षण गर्न बिज्ञहरुको टोलि सातै प्रदेशमा खटायो


 काठमाण्डौ असोज २४ गते । रातो तारा डट कम,‘सरकारले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा एन्टिबडी परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबार हिजोदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालीमपश्चात टोलीलाई प्रदेश खटाइएको हो ।  महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिनुभयो ।  अध्ययनबाट नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उहाँले बताउनुभयो ।




  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.