Websoft University

९ हजार नेपाली कामदार कोरिया जानबाट रोकिए

 


काठमाण्डौ असोज २४ गते । रातो तारा डट कम,‘भाषा परीक्षा पास गरी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने चरणमा रहेका ९ हजार नेपाली कामदार रोकिएका छन् । कोरियन एयरले नियमित उडानका लागि अनुमति पाइसक्दा पनि नेपालबाट प्रक्रिया पूरा गरेर श्रमिक कोरिया जान पाएका छैनन्  । 

वैदेशिक रोजगार विभाग अन्र्तगतको इपिएस कोरीया शाखाका निर्देशक इन्द्र गौतमका अनुसार अहिले बिमाको समस्याका कारण श्रमिकलाई कोरिया पठाउन नसकिएको हो । कोरिया सरकारले विदेशबाट आउने श्रमिकले १० लाखको कोरोना बिमा अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान ल्याएको छ । 

तर, नेपालमा विदेश जाने श्रमिकको हकमा कोरोना बिमा गर्ने व्यवस्था छैन । उनीहरुले वैदेशिक रोजगारको बिमा गर्ने गरेपनि अब छुट्टै कोरोना बिमा गर्नुपर्ने शर्त कोरियाको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.