Websoft University

नेपालमा आज सम्म कुल सङ्क्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगे–दैनिक सङ्क्रमितको संख्या बढ्ने क्रम जारी,

 


काठमाण्डौ असोज २६ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् । यससँगै कुल सङ्क्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् । देशभर ३३ हजार ८८० सक्रिय सङ्क्रमित छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.