Websoft University

गाइघाट--उदयपुरका एक बृद्धा को कोरोना बाट बिराटनगरमा मृत्यु


गाइघाट २५ असोज । रातो तारा डट कम,कोरोना संक्रमीत उदयपुरका एक बृद्धा को आईतबार बिहान बिराटनगर स्थीत बिराटनगर न्युरो अस्पतालमा मृत्यु भएको छ । त्रियुगा नगरपालीका १० का ६६ वर्षिय पुरुषको बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रशासकिय अधिकृत सुरेश आचार्यले बताए । निमोनिया को आशंका गरी ति बृद्धा लाई उपचारको लागी अस्पताल भर्ना गरीएको थिए । अस्पतालले उनको स्वाब संकलन गरी परिक्षण गराउदा शनीबार कोरोना पुष्टी भएको हो । उनलाई न्युरो कै कोभिड अस्पताल मा भर्ना गरेर उपचार गरीएको अधिकृत आचार्य ले बताए । मृतक मधुमेह र दम रोग को बिरामी रहेको पारीवारीक सो्रत ले जनाएको छ । यसैबीच उदयपुरको कटारी मा दुई चिकीत्सक सहित ११ जनामा आईतबार कोरोना पुष्टी भएको छ । कटारी अस्पतालका २ डाक्टर, २ कार्यालय सहयोगी १ स्वीपर, अस्पताल परिसरमा रहेको क्यान्टीन संचालन २ र सेन्चुरी बैकका ४ जना कर्मचारी मा कोरोना संक्रमण देखीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदी ले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.