Websoft University

फरार रहेको एक युबक पक्राउ


गाईघाट २ कार्तिक । रातो तारा डट कम,चोरी मुद्धामा अदालत बाट कैद सजाय भै फरार रहेको एक युबक पक्राउ  परेकाछन । प्रहरीले त्रियुगा नगरपालीका ३ का २२ बर्षिय अमीत चौधरी लाई घरमा लुकेर बसेको बेला शनीबार साझ पका्रउ गरेको हो । उनी बिरुद्ध जिल्ला अदालत उदयपुर ले २०७६ भदौ ३१ गते चोरी मा संलग्न देखीएको भन्दै १ वर्ष ७ महिना ४ दिन कैद र ३३ हजार रुपैया जरीवाना तोकेको थियो । त्रियुगा नगरपालीका ३ मोतीगडा स्थीत एक घरमा चोरी गरी उनी फरार भएकाथिए । प्रहरीले उक्त फैसला कार्यान्वयन को लागी आइतबार जिल्ला अदालत हुदै चौधरी लाई जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि सुचना अधिकृत बेद प्रसाद गौतम ले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.