Websoft University

पुन प्रकाशन -भन्सार छलिका सामान बरामद

 

बिराटनगर महानगरपालिका वडा नं. -१७ मटेरुवा  स्थित चुलिया  देबी साहको घरमा  अबैध रुपमा  लुकाई छिपाई राखेको मटरको दाल छ भन्ने गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ई।प्र।का रानी बाट खटिएको प्रहरी टोलीले निज चुलिया देबीको घरमा  खान तलासी  गर्दा बिल नभएको २५ के।जि को दरले १८ बोरा ९४५( केजी) दाल अन्दाजीरकम रु ३८०००।– (अठतिस हजार) बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 


त्यसैगरी विराटनगर महानगरपालिका वडा नं। ८ स्थित जय नेपाल चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सिमा नाकाबाट हुने तस्कर तथा अवैध सामानहरु चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत विशेष सुचनाको आधारमा भारतबाट नेपलातर्फ आईरहेको को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा लुकाईछिपाई ल्याउँदै गरेको कुर्ती सिंगल ६०८ पिस, कुर्ता सुरूवाल सेट १६५ पिस, बच्चाको पेन्ट १८ पिस, बच्चाको जामा ८ पिस अन्दाजी मूल्य रु ३,७०,०००।– (तिन लाख सत्तरी हजार मात्र ) बराबरको कपडा सहित १ थान टेम्पो कानुन बमोजिम आवश्यक कार्वाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्यभईरहेकोछ ।


मोरङ जहदा गापा-१ धुनी मोड स्थित ईप्रका बुधनगर बाट खटिएको प्रहरी टोलीले चोरी निकासी पैठारी नियन्त्रण गर्ने अभियान स्वरुप विशेष सुचनाको आधारमा को २ ह ३७९२ नम्बरको अटो टेम्पोलाई रोकी चेक जाच गर्दा २० काटुन फोर स्टार बियर, १ काटुन गोल्डेन अक,१० काटुन उमंग, २ बोतल सिंग्नेचर गरी अन्दाजी मुल्य रु।८०,०००।–९असी हजार मात्र ० बराबरको मदिरा बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.