Websoft University

फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स ले तलब नपाए पछि वीर अस्पतालमा ताल्चा ठोके


काठमाडौ कार्तिक २ गते । रातो तारा डट कम,  कोरोना भाइरस महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स र कर्मचारीले वीर अस्पतालका पदाधिकारी भएको कोठामा ताल्चा लगाएका छन् । तलब नपाएको, जोखिम भत्ता र दसैँ भत्ता नपाएपछि चिकित्सक र स्वास्थ्यकर्मीले पदाधिकारीविरुद्ध आन्दोलन गरेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले घोषणा गरेका भत्ता मात्र नभएर नियमित पाउनुपर्ने दसैँ भत्तासमेत नदिएको गुनासो छ । लिखित पत्र दिएरै दिने भनिएका भत्ता नपाएपछि आन्दोलन गर्नु परेको एक चिकित्सकले बताए ।

१५ दिनअघि आन्दोलन हुने अवस्था आएपछि न्याम्सले लिखित प्रतिवद्धता जनाएको थियो । सरकारले घोषणा गरे पनि वीरमा कार्यरत कसैले पनि अहिलेसम्म कोभिड भत्ता पनि प्राप्त गरेका छैनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.