Websoft University

प्रदेश १ मा आज ५५२ कोरोना संक्रमित थपिए


विराटनगर २४ असोज । रातो तारा डट कम, प्रदेश १ मा आज ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ३१०, मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४–४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा २२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ९१ म्हिला र १२९ पुरुष छन् । सुनसरीकै इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ३, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा १–१ जना, मोरंगको विराटनगरमा १४५, बुढीगंगामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३–३, रंगेली, पथरीशनिश्चरे, ग्रामथानमा २–२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उता झापाको विर्तामोडमा ८, दमकमा ७, मेचीनगरमा ६, भद्रपुरमा ३, कनकाई र गौरादहमा १–१, उदयपुरमा त्रियुगामा ४, स्थानीय तह नखुलेका १, धनकुटाको साँधुरीगढीमा ३, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ४, खोटाङको खोटेहाङमा १, इलामको इलाममा १, ताप्लेजुङमा १ र ओखलढुङ्गामा १ जना र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८९२ पुगेको छ ।

प्रदेश १ मा आज ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ७८६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९४ महिला र ३५८ पुरुष रहेका छन् । हालसम्म १ लाख ३६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.