Websoft University

फूलपाती बढाई देश भर सांकेतिक रूपमा मात्र आयोजना गरिने

 

काठमाण्डौ असोज २५ गते । रातो तारा डट कम, यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिक रूपमा मात्र आयोजना गरिने भएको छ । 

नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हषोल्लासका साथ मनाउँदै आएको छ । कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षाेल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभएको छ । 

यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ । विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक ब्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को सङ्ख्यामा विभिन्न क्षेत्रका मानिसलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेना सहित पाहुनाको सङ्ख्या  १ सय जनामा सीमित तुल्याइने छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.