Websoft University

दशैं सम्बन्धी जनचेतनामुलक गीतको भिडियो चाँडै सार्वजनिक हुँदै !


शिव भट्टराई,मोरङ असोज २९ गते । रातो तारा डट कम, नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा यस सँग सम्बन्धित गीत संगीतहरु सार्वजनिक हुने क्रमले पनि तिब्रता पाइरहेको छ।यसै अवसर पारेर कोरोना भाइरसको संक्रमणले देश नै आक्रान्त भइरहेको अवस्थामा घर परिवार भन्दा टाढा रहेका मानिसहरूले दशैंको समयमा भोग्नु परेको यथार्थतामा आधारित

 " यसपालीको दशैं आमा "बोलको गीतको भिडियो चाँडै ' Dark day ' युट्युब च्यानल मार्फत सार्वजनिक हुन लागेको हो।


कार्तिक १ गते सार्वजनिक हुन लागेको उक्त गीतमा सन्तोष कार्कीको शब्द, एरेन्जर जीवन थापाको स्वर सुन्न सकिन्छ ।

भिडियोमा कलाकार आयुष दाहाल, अनमोल अधिकारी, भावना नेपाल भट्टराई, सामना भट्टराई, भूमिका राई र कुशल विश्वकर्मा फिचर्ड छन्। सो भिडियो बसन्त बस्नेतले निर्देशन गरेका हुन् भने यम्के खत्रीले छायांकन गरेका हुन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.