Websoft University

आज नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४४ हजार नाघ्यो


 काठमाण्डौ भाद्र १९ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १३ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै आज ४४ हजार २ सय ३६ पुगेको हो । 

काठमाडौँ उपत्यकामा थप ४ सय ५४ कोरोना सङ्क्रमित देखिएका छन् । काठमाडौँमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना सङ्क्रमित देखिएका हुन् । २४ घन्टामा १३ सय ५४ जना निको भएका छन् । 

यो सँगै निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ । यो ५८ प्रतिशत हो । पीसीआर परीक्षण १३ हजार ६ सय ८० रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.