Websoft University

आम जनताको स्वास्थ्य सेवा दिनु हामी स्वास्थ्यकर्मीहरुकाे पहिलो कर्तव्य हो-अनजना पोखरेल


sf7df08f} efb| !( ut] . /ftf] tf/f 86 sd,आम जनताको स्वास्थ्य सेवा दिनु हामी स्वास्थ्यकर्मीहरुकाे पहिलो कर्तव्य हो । अझ कोरोनाको यस विश्वव्यापि माहामारी र हामी स्वास्थ्यकर्मीहरुकाे जिम्मेवारी वहन गर्दा गर्दै म आफै काेराेना बाट संक्रमित भए । करीब ११ दिनकाे साधारण लक्षण तथा चिन्हरु र ४ दिनकाे ज्वराे सहितकाे खाेकी पश्चात मात्र PCR रिर्पाेट पाेजेटिभ भई धरान स्थित BPKHIS काेभिड अस्पतालमा भर्नाभए । जुन अवस्थामा मलाई अत्यन्तै जटिलता भई सकेकाे थियाे ।

अस्पताल भर्ना भएकाे पहिलाे ३ दिन मेराे  जिवन र मरणकाे संघारमा उभिएकाे थियाे,अत्यन्तै गम्भिर अवस्था बाट उपचार गरी जिवनदान दिनुहुने प्राे.डा. सन्जिव शर्मा , अशिष्टेन्ट डाईरेक्टर डा.विकाश साह लगायतकाे टिमले अत्यन्तै काैषलता पुर्वक उपचार गरी मलई मेराे जिवनदान दिएकाे महसुस भयाे चाैथाे दिनमा म अब बाच्छु जस्ताे लाग्याे,  धेरैधेरै धन्यवाद छ डक्टरहरुकाे टिमलाई । आमुल परिवर्तनका लागि आफ्नाे ज्यानकाे प्रवाह नगरी दश वर्षे  जनयुद्ध सफल वनाउदै वाेनश  पाएकाे याे जिवन  आज फेरी काेराेना भाईरस लाई जित्न सफल भएकाे छु |

घरपरिवार, नातेदार, साथिभाई, शुभचिन्तकहरुले देखाएको सद्भाव, शुभेच्छा र कामनाले मलाई धेरै सहज बनायो , मलाई यस बिषम संकटकाे घडीमा सहयाेग गर्नुहुने, सम्झनुहुने, मायागर्नुहुने सम्पुर्ण लाई मुरी मुरी धन्यवाद छ। हामी  स्वास्थ्यकर्मी उच्च मनोवलका साथ खट्ने मान्छे नै संक्रमित हुँदा आम जनसमुदाय अन्य जनस्वास्थ्यकर्मी  एवं स्वाथ्यकर्मीहरुलाई पनि बढी चासो हुँदो रहेछ ।

मेरो अवस्थाका बारेमा सोधखोज हुन्थ्यो । म पनि आफ्नो कर्तव्य सम्झि सवालको जवाफ दिन्थे र प्रतिउत्तरमा ‘न आतिनु होला, हामी छौं ।’ आश्वासन पाउने गरेको थिए सान्त्वना दिने, सन्चो विसन्चो सोध्ने र सहयोगको वचन मात्र होईन, सहयोग पनि पाए मैले । खुशी लाग्थ्यो मन्त्रीज्यूदेखि सर्वसाधारण, स्वदेशमा हुने देखि विदेशमा रहेका शुभचिन्तकहरुले पनि मेरो स्वास्थ्यको चासो राख्नु हुन्थ्यो । यी मेरो लागि आत्मावलको ठूलो उर्जा बन्थ्यो, लाग्थ्यो जिन्दगीको मनमुटुहरु कमाएकै रहेछु ।

कोरोना समुदायमा फैलिएको अवस्थामा पछिल्लो समयमा देखिएको संक्रमणमा नगन्य लक्ष्यण जस्तै हल्का जरो, खानामा अरुचि, जिउ दुख्ने, सामान्य पखाला जुन व्यक्ति पिच्छे फरक पाइएको छ, अवस्था जटिल पनि हुदाे रहेछ मैले पनि अनुभव गरे । आफन्त,साथिभाई, शुभचिन्तक, सहकर्मिहरकाे माया,सदभाव र उच्चमनाेवलका लागि साहस तथा डक्टरहरुकाे उपचारले आज काेराेना लाई पराजित गर्न सफल भएकाेछु अवकाे बाकी जिन्दगी  राेगि , विरामी र असाह्यकाे उपचारमा समर्पित गर्ने प्रण गर्दछु ।      

कोरोनासङ्ग सतर्कता अपनाउँ नआतिऔ,उच्च मनाेवल राखाै, उच्च मनाेबल नै काेराेनाकाे मुख्य हल हाे ।काेराेनाबाट आफु बचाै अरुलाई पनि बचाउ ।
१. कोरोनासङ्ग उच्च सतर्क भै कत्ती पनि नडराई मसङ्ग लड्न सक्ने क्षमता छ भनी ढुक्क रहाै।

२.म संक्रमीत हुँ विरामी हैन भन्ने सोचाई बनाँउ ।

३.दिनको ४ पटक दाल भात, रोटी, हरियो सागपात, फलफूल, माछामासु आदि मिलाएर खाँउ।

४. भोजनको अलावा तातोपानी, कागती पानी, अदुवा, वेसार, गुर्जो, अमला, अस्वोगन्धा लगायतका जडिबुटी र घरायसी औषधिको सेवन नियमित गराै 

५. तातोपानीको वाफ र नुनपानी कुल्ला गर्ने ।

६. आराम र हल्का व्यायाम गराै  मज्जाले निदाउने (कमेतिमा ८ घन्टा)।  काेराेनालाई  सामान्य पनि नसम्झाै , धेरै आत्तिने पनि नगराै , सर्तकता अपनाँउ ,हेलचेक्राई गर्दै नगराै ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.