Websoft University

अहिले सम्मकै पृथक स्वादमा शेर्पा लयको गीत "मज्जाले नाचौंला" (भिडियो सहित)



राजु बोहरा–काठमाडौँ । रातो तारा डट कम, चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ । यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ । 

शेर्पा समुदाय स्वादको गीतसंगीत नेपाली सांगीतिक बजारमा थोरै मात्रामा आएता पनि, बजारमा आएका गीतले अशंख्य संगीत पारखिहरुको मनछुने गर्दछ । यसैलाई ध्यानमा राखेर यति बेला नेपालि गीत संगीतको क्षेत्रमा नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले "मज्जाले नाचौंला" बोलको गीत सार्बजनिक गरेका छन् । प्रस्तुत गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको निर्माण युनिटबाट जानकारी प्राप्त भएको छ ।

मज्जाले नाचौंला बोलको गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् । गीतको म्युजिक भिडियोलाई रामकुमार कार्की नामक युट्युब च्यानल मार्फत अहिले डिजिटल बजारमा पठाईसकिएको छ । 

सार्बजनिक भएको म्युजिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय देख्न सकिन्छ । निकै मेहनतका साथ खर्चालु ढंगबाट तयार पारिएको म्युजिक भिडियोलाई निर्देशन अहिलेका चर्चित निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरिरहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.