Websoft University

रसुवागढीबाट सामान आउन सुरु



काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम,नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका सुचारु भएपछि सामान आउन थालेको छ । हिजोबाट नाका खुलेपछि आज बिहानै देखि केरुङवाट रोकिएका सामानहरु कन्टेनरमा आउन थालेका    छन् । चीनसँगको व्यापारिक नाका रसुवागढी बन्द भएको तीन सातापछि  सञ्चालनमा आएसँगै चिनियाँ सामग्रीको आयात पनि सुरु भएको छ । 

रसुवागढी नाका काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको छ । नेपालतर्फ समान लोडअनलोड गर्ने एकजना कामदारमा कोरोना संक्रमण देखिएपछि कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले तीन सातादेखि बन्द गरेको रसुवागढी–केरुङ नाकामा कन्टेनरमा चिनियाँ सामग्रीको आयात सुरु भएसंगै नाका फेरि सुचारु भएको हो । 

कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरी पुलको नजिकै निमार्ण गरिएको अस्थायी याडसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनुपर्ने व्यवस्था मिलाइएको छ । नेपालीहरुको ठुला पर्वहरु वडादशैं तथा तिहार मुख्य पर्व लक्ष्यित सामानहरु बढी परिमाणमा सीमामा रहेकाले यस्ता सामानहरु नेपाल पठाउन चीनीया पक्षलाई आग्रह गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख पुन्यबिक्रम खड्काले जानकारी दिनुभयो । 

रसुवागढी नाका हुँदै चीनसँग हुने व्यापारमा ८ महिनादेखि जारी कोरोना महामारी, बाढी पहिरोका कारण एकहजार पांच सय भन्दा बढी कन्टेनरलाई पुग्ने समग्री केरुङमै रोकिएको ब्यापारीहरूको भनाई छ । गत आर्थिक बर्षमा रसुवागढी नाका भएर कुल २६ अर्ब ४६ करोड बराबरको सामग्री भित्रिएको थियो । 

कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरी पुलसम्म सामान ल्याएर झारि दिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.