Websoft University

(साफ)ले सबै उमेर समूहको साफ च्याम्पियनसिप रोक्ने निर्णय निर्णय गर्यो


काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम, दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरुसित छलफल गरेपछि साफ च्याम्पियनसिप अन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ । अब सन २०२० मा तय भएका कुनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् । महासंघले सन २०२० मा पुरुष यू–१८ र यू–१६ तथा महिलाको यू–१५ प्रतियोगिता आयोजना गर्ने यसअघि तालिका सार्वजनिक गरेको थियो । कोरोना भाइरसको महामारीका कारण ती सबै प्रतियोगिता सञ्चालन गर्न नसकिने महासंघले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.