Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या ६९ हजार ३०१ पुगे


काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम, नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ५७ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ पुगेको हो । 

यो कूल सङ्क्रमितको ७२ दशमलब ७४ प्रतिशत हो । हिजो नेपालमा १ हजार ८ सय ९३ जना सङ्क्रमित निको भएकाथिए ।  यस्तै, २४ घण्टामा ११ हजार ४ सय ४९ परीक्षण भएका छन् भने थप १४ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले यससंगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६९ हजार ३०१ पुगेको बताउनुभयो । 

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित १८ हजार ४ सय ३७ जना छन् भने ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेको छन् । वितेको २४ घण्टामा १७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । यसअघि हिजो ७ जनाको मृत्यु भएको थियो ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.