Websoft University

सामाजिक सेवा दिवसको अवसरमा निःशहाय बालबालिका सेवा आश्रमलाई खाद्यान्न सहयोग


शिव भट्टराई,मोरङ असोज ८ गते । रातो तारा डट कम ,४१ औं सामाजिक सेवा दिवसको अवसरमा गैर सरकारी संस्था महासंघले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन निःशहाय बालबालिका सेवा आश्रमलाई ३० हजार बराबरको खाद्यान्न उपलब्ध गराएको छ । 


इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माको अध्यक्षता रहेको थियो भने कार्यक्रममा गैर सरकारी संस्था महासंघ सुनसरीकी उपाध्यक्ष जमुना सिग्देलले स्वागत मन्तव्य राखेकी थिइन्।

इटहरी ४ मा अवस्थित आश्रममा ४१ जना बालबालिकाहरुको निमित्त खाद्यान्नहरु (चामल, साबुल, दाल, चना, मटर) लगायत सामाग्रीहरु उपलब्ध गराएका थिए । बालबालिकाहरुलाई आफ्नै नानिहरु सम्झेर सामाजिक सेवा दिवशको अवसरमा खाद्यान्न सहयोग गरेर भोको पेटलाई भर्ने काम गर्नु भएकोमा आश्रमकी संस्थापिका तथा सञ्चालिका गीता गौतमले धन्यवाद दिनुभएको थियो । कार्यक्रममा अाड्रा नेपालकी परियोजना अधिकृत जेनिस चौधरी, NGO फेडेरेशन सुनसरीकी सदस्य पुष्पा भण्डारी दाहाल, पत्रकार शिव भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.