Websoft University

शोक विज्ञप्ति -समवेदना व्यक्त


काठमाडौ भदौ २२गते । रातो तारा डट कम, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका पूर्वउपाध्यक्ष वरिष्ठ पत्रकार बनारसी बर्माको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । लामो समयदेखि मिर्गौला, सुगर, उच्च रक्तचापलगायतका रोगबाट पीडित बर्माको ६२ वर्षको उमेरमा आज दिउँसो २ः३० बजे तौलिहवास्थित निवासमा निधन भएको हो ।
विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय बर्माले लामो समय नेपाल टेलिभिजनमा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको छ । स्वर्गीय बर्माका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहन्छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय बर्माप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रमेश विष्ट
महासचिव

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.