Websoft University

सुन्दरहरैंचाका मेयर ढकालले विभिन्न सामाजिक कार्य गर्दै मनाए जन्मदिन


शिव भट्टराई,मोरङ भदौ २२ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले यसपालीको आफ्नो ४४ औ जन्म उत्सव फरक ढंगले मनाएका छन्। नगरप्रमुख ढकालले आफ्नो ४४ औं जन्मोत्सव पहिलो पटक नगरवासीको साथमा सामाजिक कार्य गर्दै मनाएका हुन्।

उनले जन्मउत्सवको अवसरमा सुन्दरहरैंचामा रहेका विभिन्न स्थानमा वृक्षारोपण साथै अति विपन्न नागरिकलाई खाधान्न साथै लता कपडा वितरण गरेका छन्। उनले नगरको वडा नं ९ मा रहेको सिराजुल उलुङ मावीमा गएर अति विपन्न मुस्लिम समुदायका नागरिकलाई लता कपडा, खाद्यान्न वितरण गरेका छन्। सो अवसरमा प्रमुख ढकालले वडा नं ५ मा रहेको वृन्दावन गौशालामा विभिन्न जातका फलफुलका बिरुवा, खाधान्न साथै डस्ट्बिन हस्तान्तरण गरेका थिए।

आफ्नो ४४ औं जन्मोत्सवमा उनले ४४ जनालाई खाधान्न वितरण गर्नुका साथै ४४ वटा विभिन्न जातका बिरुवा समेत रोपेका थिए ।
आफ्नो स्वर्गीय ममतामयी माताको सम्झनामा आफ्नो जन्मोत्सवको अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको नगरप्रमुख शिव प्रसाद ढकालले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.