Websoft University

लायन्स क्लब अफ बाँसबारीको रक्तदान कार्यक्रममा ६५ प्रिन्ट रगत संकलन



काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम,रगत अभाव भइरहेको गुनासो आइरहदा मोरंगमा लायन्स क्लब अफ बाँसबारीले रक्दान कार्यक्रम आज सम्पन्न गरेको छ।  मोरंगको सुन्दरहरैंचा नगरपालिका - ५ को बाँसबारी चौकमा लायन्स क्लब अफ बाँसबारीले रक्तदान कार्यक्रम सपन्न गरेको छ।  कोरोना संक्रमणको जोखिम परिस्थिथिमा रगत अभाव भएको गुनासो आउँदा रक्तदान कार्यक्रम गरेको क्लबकी अध्यक्ष मनिता दंगालले बताउनुभयो।  

' रक्तदान जीवनदान' भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा अमर ज्योति युवा क्लब, अमर ज्योति टोल बिकास संस्था, बाँसबारी भजन समुह, किरात राई यायोक्खा लगायत विभिन्न संस्थाहरुले सहकार्य गरेका थिए। यसकिसिमको कार्यक्रम हरेक बर्ष गर्दै आएको भन्दै यस बर्ष पनि रगत अभाव भएको कारण कार्यक्रम गरेको कार्यक्रमका उप संयोजक साथै अमर ज्योति युवा क्लबका अध्यक्ष नगेन्द्र सिग्देलले जानकारी दिनुभयो ।  उक्त कार्यक्रममा विभिन्न समाजिक संघ, संस्थाका व्यक्ति गरी जम्मा ६५ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विराटनगरले प्राविधिक सहयोग पुर्याएको थियो । 

अहिलेको विश्व जगत कोभिड -१९ को चपेटामा परेको अवस्थामा मानवीय तथा सामाजिक कार्यलाई  सहयोग गर्दै रक्तदान कार्यक्रमले मानवजाति कल्याण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि 1st VDG रेवत बहादुर कार्कीले यस्तो कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरी संस्थालाई धन्यवाद दिनु भएको थियो। 

त्यसैगरी कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राम रिजाल, वार्ड नं ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष किशोर कार्की , उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईं लगायत विभिन्न संघ संस्थामा आवद्ध सामाजिक अभियन्ता साथै जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.