Websoft University

प्रशासनले कार्यतालिका बनाएर सेवाग्राहीलाई सेवा दिने


काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम, जिल्ला प्रशासन कार्यालय भक्तपुरले कार्यतालिका बनाएर सेवाग्राहीलाई सेवा दिने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले भोलिदेखि लाग हुनेगरी प्रत्येक सेवामा २० जनाभन्दा बढी सेवाग्राही बस्न नपाउने नियम बनाएको छ । प्रशासनले नागरिक, नावालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण, संघसंस्था दर्ता नवीकरणका लागि कार्यतालिका बनाएको छ । प्रशासनले सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड लागु गर्नुपर्ने बताइएको छ । मास्क नलगाइए कार्यालय परिसरभित्र प्रवेश गरेको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.