Websoft University

कालीमाटी र बल्खुमा मन्त्रीको छड्के


काठमाण्डौ भाद्र ३१ गते । रातो तारा डट कम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गर्नुभएको छ । प्याजको मूल्यमा चर्को कालोबजारी भएको गुनासो उपभोक्ताले गरेपछि मन्त्री भट्टले आज बिहान छड्के अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

नचिनिने गरी बजार पुग्नुभएका मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गर्नुभएको थियो । ति पसलहरूमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको अनुगमन टोलीले जनाएकोछ । केही पसलेले अनुगमन टोलीलाई प्याज नभएको बताएको तर चिनेका मान्छेलाई भने महँगो मूल्यमा प्याज बिक्रि गरेको पाइएको छ । 

प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको मन्त्रालयले जानकारी दिएको छ । 
यस्तै प्याज लुकाउन प्रयोग भएको एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिइएकोे सचिवलयले जनाएको छ । बजारमा प्याजको मूल्यमा मनपरी भएको पाइएपछि अनुगमनका लागि वाणिज्य विभागलाई सक्रिय पारिएको पनि मन्त्रालयलेजनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.