बिराटनगर असोज १ गते । रातो तारा डट कम, एकका लागि एक अभियानको अगुवाइमा जनस्तरबाट झापा जिल्ला कनकाई गाउँपालिका वडा नं. ४ कोटिहोममा स्थापित मेची प्रादेशिक अस्पतालको PCR प्रयोगशाला B को प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले उद्घाट गर्नुभयो ।
विश्वमा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै जनताको सहयोगमा निर्मित प्रयोगशाला वर्तमान अवस्थाको अपरिहार्य आवश्यकता भएको बताउनु हुदै विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सन्चारकर्मीहरुलाई सकरात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले शुभकामना मन्तव्यका क्रममा समाजिक स्तरमा फैलिरहेको कोरोना महामारीसँग लड्नु पर्ने अवस्था सृजना भएकाले आपसी सद्भाव, माया, स्नेह, कर्तव्यपरायण र पारस्परिक सहयोगल गर्नुपर्ने बताउनु भयो । मेची प्रादेशिक अस्पतालको PCR प्रयोगशाला B कसैको नजरमा सानो देखिएला तर यो वास्तबमै विशाल उदाहरणीय कार्य भएको बताउनु भएको छ ।
उक्त कार्यक्रममा झापा जिल्ला माननीयज्यूहरु, नगरपालिकाका नगर प्रमुख, उप– प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता सोम पोर्तेलले गर्नुभएको थियो ।खेमराज अधिकारी
Post a Comment