Websoft University

नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ५८ हजार ३२७ पुगे


काठमाण्डौ भाद्र ३१ गते । रातो तारा डट कम, नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा यि व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । आज नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो सहित नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको जानकारी दिनुभयो । 

पछिल्लो २४ घन्टामा थप १०६८ जना सङ्क्रमणमुक्त भएका छन्् । योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ जना उपचारपछि निको भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १६ हजार २४२ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.