Websoft University

कृषि समचार--रौतामाई गाउपालिका १ को ठाडाखोलामा चिनो जातको धान फल्न शुरु

श्याम राई--गाईघाट ३१ भदौ । रातो तारा डट कम,उदयपुरको उच्च भुभाग रौतामाई गाउपालिका १ को ठाडाखोलामा चिनो जातको धान फल्न शुरु भएको छ । कर्णाली को हुम्ला, जुम्ला कालीकोट, मुगु, र रोल्पा जस्तो बिकट क्षेत्रमा रैथाने वालीका रुपमा खेती गरीदै आएको चिनो धान जिल्लाको पहाडी भेगमा परिक्षण को रुपमा लगाईएकोमा धान फल्न थालेको नेपाल घरेलु तथा साना उधोग महासंघ उदयपुरका अधक्ष्य मधुकर थापाले बताए । “परिक्षण को रुपमा यो बर्ष गरिएको चिनो धान को खेती ले सफलता पाएकोे छ” । उनले भने । “हामी ले सोचेको थियनौ धान फल्ने कुरा  तर परिक्षण बाट यो पुष्टी भयो” । थापा ले भने । “अब जिल्लाको अन्य पहाडी भेगमा समेत परिक्षण शुरु गछौ ” ।रौतामाईको वडा न १ को ठाडाखोला को पाखो बारीमा स्थानीय युवराज तामाङग र हितमान तामाङग ले परिक्षण को रुपमा चिनी जातको धान रोपेको थिय । गत जेष्ठ महिनामा रोपेको धान भदौ मा फलेको थियो। ठाडाखोला जिल्ला कै उच्च भुभागमा पर्छ । समुन्द्र सतह झण्डै १ हजार ८ सय ७३ मिटर उचाइमा रहेको ले धान खेती ले सफलता पाउन सक्नेमा कृषि  बिज्ञहरु अन्यौलमा थिय । कृषि अनुसन्धान केन्द्र खुमलटारका कृषि  बैज्ञानीक कृष्ण घिमीरेको संंलाहा अनुरुप रौतामाई को बिभिन्न स्थानमा यसको  पा्ररम्भीक खेती गरीएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.