Websoft University

नेपालमा आज सङ्क्रमितको सङ्ख्या ५५ हजार ३ सय २९ पुगे


काठमाण्डौ भाद्र २९ गते । रातो तारा डट कम,नेपालमा ११ सय ७० जनामा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरको प्रयोगशालामा १० हजार ८ सय ७८ नमूना परीक्षण गर्दा ३ सय ९ महिला र ७ सय ७१ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या ५५ हजार ३ सय २९ पुगेको छ । उनीहरूमध्ये ३ सय ६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५ सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा ८ सय ७९ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ५ सय १२ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४ सय ४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङ्क्रमित थपिएका हुन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.