Websoft University

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा

विराटनगर भदौ २९ गते । रातो तारा डट कम, प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बस्नुभएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँ क्वारेन्टाइनमा बस्नुभएको हो ।
जोखिम रहेकोले आइतबारदेखि जैन भवन क्वारेन्टाइनमा बसेको मेयर पराजुलीले जानकारी दिनुभयो । संक्रमितको क्लोज कन्ट्याकमा भएकाले केही दिन सेल्फ क्वारेन्टाइनमा बसेर पीसीआर जाँच गर्ने उहाँको भनाइ छ ।
मेयर पराजुलीसँगै उहाँको सचिवालयका सहयोगीहरु पनि क्वारेन्टीनमा बसेका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा ५ दिनका लागि बन्द गरेको छ ।
यसअघि महानगरेको २ नम्बर वडाका वडाध्यक्ष कुमार पोखरेल र ५ नंं. वडाका अध्यक्ष मिनकुमार आचार्यमा कोरोना देखिएको थियो । वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि महानगरका अधिकांश कर्मचारीहरु पनि होम आइसोलेसनमा बसेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.